आइसिसी विश्वकप लिग-२ मा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ।
स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो।
स्कटल्याण्डको फोर्टहिल डुन्डीमा खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ।