अमेरिकाविरूद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

युएईमा जारी आइसिसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

दुबईको आइसिसी एकेडेमीमा टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो।

खेल सवा ११ बजेदेखि सुरू हुनेछ।

जारी त्रिकोणात्मक सिरिजमा नेपाल लगातार दुई  खेलमा पराजित भएको छ।

पहिलो खेलमा अमेरिकासँग र दोस्रो खेलमा घरेलु टोली युएईसँग पराजित भएको थियो।

अमेरिकासँग आजको खेल दोस्रो हो।