नेपालले पायो ११३ रनको लक्ष्य

हङकङमा जारी हङकङ सिक्सेसमा अफगानिस्तानले नेपाललाई ११३ रनको लक्ष्य दिएको छ।

हङकङको मिसन रोड ग्राउन्डमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको हो।

अफगानिस्तानका लागि सिद्धिकउल्लाह उचाले ४३ रन बनाए। त्यस्तं करिम जनतले ३५ रन जोड जोडे। साफीले ३० र कप्तान गुलबदिन नइबले२० रनको योगदान गरे।

बलिङतर्फ नेपालका रसिद खानले चार विकेट लिए। उनले चौथो ओभरमा ह्याट्रिकसमेत गरे। खेलमा लोकेश बमले एक विकेट लिए।