(नेपाल क्राईम)
काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रामेछापको खाँडादेवी घर भई सानागाउँ बस्ने ५९ वर्षीय पदम बहादुर तामाङ छन् । उनले आइतबार राति खुकुरी प्रहार गरी ४५ वर्षीया श्रीमती पुतली तामाङको हत्या गरेका थिए ।