ताप्लेजुङको फुङ्लिङमा केबलकारका विषयमा आज फेरि झडप

(नेपाल क्राईम)

ताप्लेजुङको फुङ्लिङमा केबलकारका विषयमा आज फेरि झडप भएको छ। राँके जुलुस प्रदर्शनका क्रममा झडप हुँदा २ जना घाइते भएका जनाइएको छ।

 

 

झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका जनाइएको छ।

काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिवार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गर्ने क्रममा वीरेन्द्रचोकमा झडप भएको हो।