चिसो बढ्दै गइरहेका बेला दुई जिल्लामा न्यूनतम तापक्रम ‘माइनस’मा

चिसो बढ्दै गइरहेका बेला दुई जिल्लामा न्यूनतम तापक्रम ‘माइनस’मा झरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा बुधबार दोलखास्थित जिरीको तापक्रम पनि ‘माइनस’मा झरेको हो । विभागमा हिजो साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस पाँच दशमलव दुई डिग्री र दोलखाको जिरीमा न्यूनतम तापक्रम माइनस शून्य दशमलव एकमा झरेको छ