सर्पको टोकाइबाट महोत्तरी डिभिजन वन कार्यालय लक्ष्मिनियामा कार्यरत एक जना कर्मचारीको मृत्यु भएको छ ।
डिभिजन वन कार्यालयको क्वाटरमा सुतिरहेका महोत्तरी गौशाला नगरपालिका–१० लक्ष्मिनिया (बटौवा) टोलका १७ वर्षीय रुपेश महतोको गएराति सर्पको टोकाइबाट मृत्यु भएको हो । सर्पले टोकेपछि उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पु¥याइएका उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।