नेपालको लगातार दोस्रो जित

आइसिसी टी–२० विश्वकप २०२६ को एसिया छनोटअघि नेपालले लगातार जित निकालेको छ । नेपालले खेलेका दुवै अभ्यास खेलमा जित निकालेको हो ।

सोमबार नेपालले कतारलाई १६ रनले पराजित गर्‍यो । शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो ।