सामोआसँग भिड्दै नेपाल

ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले शुक्रबार महत्वपूर्ण खेल खेल्दैछ । उक्त खेलमा सामोआलाई हराएमा नेपाली टोली विश्वकप छनोट प्रतियोगिताको उपाधिसहित स्वदेश फर्कने छ ।नेपाल र सामोआबीचको खेल ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयानुसार, साँझ सवा ४ बजे शुरू हुनेछ । जारी छनोट प्रतियोगितामा नेपाली टोलीले खेल्न लागेको यो छैटौँ खेल हो ।आफूले खेलेको सबै खेल जित्ने नेपाल एकमात्र टोली पनि हो