नेपाल प्रहरीको ‘डीएसपी हुँ’ भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

नेपाल प्रहरीको ‘डीएसपी हुँ’ भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काडमाडौंको टोलीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन् ।हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै उनीहरूले ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए ।