विराटनगर- विराटनगरमा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार विराटनगर-१७, मटेरुवाबाट प्रहरीले नेपाली नम्बर प्लेटको मोटरसाइकलमा सवार विराटनगर-१८ का रवि साहको साथबाट अवैध रूपमा ल्याइएको ६ लाख ४९ हजार ५ सय रुपैयाँ बरामद गरेको हो।
भारतीय सीमा नजिकै रहेको नेपाली भूभाग मटेरुवामा बुधवार चेकजाँचका क्रममा प्रहरीले साहलाई पक्राउ गरेको थियो।
को २ प ७९८४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा शङ्का लागेर प्रादेशिक अनुसन्धान कार्यालय कोशी प्रदेशको टोलीले उनलाई रोकेर खानतलासी गरेको थियो।