भारतमाथि नेपालको शानदार जित

हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतमाथि शानदार जित निकालेको छ । जारी प्रतियोगितामा नेपालले भारतलाई ९२ रनले पराजित गरेको हो । यो नेपालको पहिलो जित हो ।जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो ।