नेपालले म्यानमारको सामना गर्दै

(नेपाल क्राईम )                                                             फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ।

फाइनल खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । नेपाल आजको खेल जित्दै उपाधि खडेरी अन्त्य गर्न चाहन्छ। नेपालले समग्रमा १३औँ पटक फाइनल खेल्दै छ।

१२औँ पटक फाइनलमा असफल भएको नेपाललाई घरेलु मैदानमा फाइनल जित्दै पहिलो पटक उपाधि जित्ने सुनौलो अवसर छ।