(नेपाल क्राईम)
भारतले ‘अप्रेसन सिन्दुर’अन्तर्गत गएराति पाकिस्तानमा हवाई हमला गरेको छ । भारतले पाकिस्तान नियन्त्रित कश्मीर र पाकिस्तानी मेन भूमिमा राति हवाई हमला गरेकाे हो ।
भारतले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण गरी आतंकवादी केन्द्र ध्वस्त पारेको दाबी गरेको छ । यता पाकिस्तानले भारतका पाँचवटा लडाकु विमान खसालेको दाबी गरेको छ ।