(नेपाल क्राईम)
धादिङको गल्छीमा ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा.प्र ०१–००४ क ३३५२ नं.को पानी ट्याङकर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा गुजुरी–६ कै १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।