भारतको प्रयागराज महाकुम्भ मेलाबाट स्नान गरेर फर्किएका नेपाली सवार गाडी दुर्घटना

(नेपाल क्राईम)

भारतको प्रयागराज महाकुम्भ मेलाबाट स्नान गरेर फर्किएका नेपाली सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर युपी ५३ एफ डी ४२८८ नम्बरको गाडी दुर्घटना हुँदा तीनले ज्यान गुमाएका हुन् ।

मृत्यु हुनेहरुमा रुपन्देहीको देवदह नगरपालिका–९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले जानकारी दिए ।