पशुपति विकास कोष मातहत रहेकको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ

(नेपाल क्राईम)

पशुपति विकास कोष मातहत रहेकको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले तीन जनालाई पक्राउ गरेको सीआईबीका एसपी युवराज खड्काले जानकारी दिए । उनले फैसला कार्यन्वयनकाेक्रममा पक्राउ गरेकाे बताए ।

एसपी खड्काका अनुसार पक्राउ पर्नेहरूमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन् ।