त्रिनगर-गौरीफन्टा नाका आज दिनभर बन्द

(नेपाल क्राईम)

त्रिनगर-गौरीफन्टा नाका आज दिनभर बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उक्त नाका बिहान ६ बजेदेखि नै बन्द भएको हो।

कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भारतको लखीमपुर पलियामा नगरपरिषदको रिक्त रहेको अध्यक्ष पदका लागि उपचुनाव भइरहेकाले कैलालीसँग सिमा जोडिएका नाका आज बन्द गरिएको जानकारी दिए।