साउथ अस्ट्रेलियामाथि नेपालको रोमाञ्चक जीत

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो अन्तिम अभ्यास खेलमा रोमाञ्चक जीत हासिल गरेको छ । शनिबार खेलिएको एकदिवसीय ढाँचाको क्रिकेटमा नेपाली टोलीले साउथ अस्ट्रेलियालाई दुई विकेटले हरायो ।पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा दुई सय ४२ रन बनाएको थियो ।जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले ४४.१ ओभरमा आठ विकेट गुमाएर दुई सय ४४ रन बनाउँदै विजयी लक्ष्य पार गर्‍यो ।