जिल्ला प्रहरी परिसर काठमाडौंले गोप्य सूचनाको आधारमा अनलाइन बेटिङ सञ्चालन भइरहेको ठानिएको घरमा छापा मार्दा पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–४, पासिकोट गौरीपाखास्थित एक घरमा शुक्रबार दिउँसो गरिएको छापामा अनलाइन मार्फत बेटिङ खेल सञ्चालन गर्ने कार्य भइरहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरु:
• मोनिक तामाङ, २२ वर्ष, काभ्रेपलाञ्चोक दादागाउँ
• सरोज लोकान्द्री, २२ वर्ष, धरान रेल्वे
• अजय लामा, २२ वर्ष, काभ्रे तेमाल–०९
• उशन लामा, २२ वर्ष, कपन–११
• अर्लोक धामी, १८ वर्ष, महेन्द्रनगर
छापामा तलका सामग्रीहरू बरामद गरिएको छः
• ७ थान मोबाइल सेट
• ५ थान कम्प्युटर मोनिटर
• २ थान CPU
• १ थान ल्यापटप
काठमाडौं परिसरका प्रहरी निरिक्षक सत्रुधन महतोको कमाण्डमा भएको उत्त अपरेशनमा बरामद गरिएका सामान तथा पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको काठमाडौं प्रहरी प्रमुख बिश्व अधिकारीले जानकारी दिए।