चार जना सचिवहरूको सरुवा

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सचिव भरतमणि सुवेदीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको बताए ।

सचिव माहादेव पन्थलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । सचिव शोभाकान्त पौडेललाई महालेखा नियन्त्रक कार्यालयमा महालेखा नियन्त्रक पदमा सरुवा भएको छ ।

सचिव डा.खगेन्द्रप्रसाद सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिव पदमा सरुवा भएको छ ।