एआईजी शर्मालाई नक्सालमा विदाइ

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कृष्णहरि शर्माको विदाइ भएको छ ।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा आईजीपी दीपक थापाले प्रहरी सेवाबाट सेवा निवृत्त हुन लागेका एआईजी शर्मालाई विदाइ गरेका हुन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारिताका साथ सम्पन्न गरेको बताए ।

आईजीपी थापाले सेवानिवृत्त हुन लागेका एआईजी शर्मालाई मायाको चिनो प्रदान गरेका छन् । शर्माले आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभव सहितको मन्तव्य व्यक्त गरेका छन्