प्रहरी दिवसको दिन कञ्चनपुरमा एक प्रहरी अधिकृतमाथि कुटपिट भएको छ।
७० औँ प्रहरी दिवसको पुर्व सन्ध्यामा ब्रम्हदेब प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक देवेन्द्र बहादुर चन्दमाथि कुटपिट भएको हो। बिहीबार साँझ भीमदत्त नगरपालिका ९ ब्रम्हदेब महाकाली कोरिडोर मार्ग क्षेत्रमा सई चन्दमाथि कुटपिट भएको हाे।
निर्माणाधिन महाकाली कोरिडोर क्षेत्रबाट बाेलेरो जिपमा महेन्द्रनगरदेखि यात्रु ओसारेर जगबुढा गइरहेका यात्रु र चालकले सई चन्दमाथि कुटपिट गरेको भिडियो सर्वत्र सामाजिक सञ्जालमा छयापछ्याप्ती छ । यात्रु र चालकको कुटाइबाट घाइते भएका सई चन्द महाकाली अस्पतालमा उपचारपछि रातीनै डिस्चार्ज भएका छन् । ब्रम्हदेब प्रहरी चौकी इन्चार्ज सई देवेन्द्र बहादुर चन्दले बोलेरो जिपमा क्षमताभन्दा बढी यात्रु र सामान ओसारिरहेका चालक रमेश धामीसँग किन जोखिम मोलेर यात्रा गरिरहेको भन्ने प्रश्न गरेपछि उनीहरु आफुमाथि खनिएर कुटपिट गरेको बताए ।सई चन्दमाथि कुटपिट गर्ने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।