(नेपाल क्राईम) साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ ।
यससँगै नेपाल समूह विजेता बनेको छ ।नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे ।यस जितले नेपाल समूह विजेता पनि भएको छ ।