बाँके । नेपालगन्ज आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही उपमहानगरपालिका १५ निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचार, सिधा पत्र, क्राइम ब्युरो प्रमुख, दङगाली अनलाईन खबरका कानुनी सल्लाहकार पत्रकार सागर थापाले शुक्रबार रक्तदान गर्नु भएको छ ।
पत्रकार थापाले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो जन्म दिनको सु-अवसर पारेर रक्तदान गरेको बताउनु भयो ।
पत्रकार थापा विभिन्न संघसस्थामा आवद्ध समेत हुनुहुन्छ । पत्रकार थापाले नेपाल रेडक्रस सोसाइटी बाँके नेपालगन्जमा पुगेर रक्तदान गर्नुभएको हो ।