(नेपाल क्राईम) काठमाडौंबाट धनगढीका लागि छुटेको बस आज (सोमवार) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मगुवामा दुर्घटना भएको हो।काठमाडौँबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो।