(महेन्द्र सिंह ) नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक(डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
डीआईजी बढुवामा सिफारिस हुने एसएसपीहरूमा ध्रुवराज राउत, भोलाबहादुर राउत, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्बेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।