(नेपाल क्राईम)
सिरहामा एक युवकमाथि कुटपिट तथा खुकुरी प्रहार भएको छ । लहान नगरपालिका–३ दंग्राहा टोलका २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो । मोटरसाइकलले छोएको निहुँमा विवाद हुँदा बुधबार महतोमाथि कुटपिट तथा खुकुरी प्रहार भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।
कुटपिट तथा खुकुरी प्रहारबाट टाउको, घाँटी र ढाडमा चोट लागेका देवकुमारको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ ।