जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा टोखा नगरपालिका-१ सिमाचौर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २० वर्षीय राहुल कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।