नेपालले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

उज्वेकिस्तानमा भइरहेको समूह ‘एफ’ को छनोटमा नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ६ बजे सुरु हुनेछ।

छनोटमा यसअघि नेपालले पहिलो खेलमा लाओससँग खेलेको थियो। सावित्रा भण्डारी साम्बाले पहिले पटक कप्तानी गरेको सो खेलमा नेपालले लाओसलाई ९-० गोलले पराजित गरेको थियो।

नेपालका लागि कप्तान साम्बाले पाँच गोल गरेकी थिइन्। यता पहिलो खेलमा श्रीलंकाले भने आयोजक उज्वेकिस्तानसँग १०-० गोललेको हार ब्यहोरेको थियो।