ठमेलबाट एक चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ३ जना भारतीय नागरिक  पक्राउ

(नेपाल क्राईम)

काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको हो ।

ठमेलबाट भारतीय नम्बर प्लेटको गाडीमा चिनियाँलाई राखेर लगेको खबर पाएपछि पछ्याएर आरोपीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।