जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख घुससहित रङ्गेहात पक्राउ

(नेपाल क्राईम)                                                           नेपाल प्रहरीको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख घुससहित रङ्गेहात पक्राउ परेका छन्। आज (सोमबार) कार्यालय प्रमुख सई लालित कुमार बुढाथोकीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जको टोलीले बिहान नियन्त्रणमा लिएको प्रवक्ता झलक केसीले  जानकारी दिए।उनलाई सूचनाको आधारमा अख्तियार टोलीले २५ हजार घुस रकम सहित समातेको हो।