नेपालले बहराइनलाई ९ विकेटले हराएको छ

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ । तेरथाइ क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो । वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो ।