ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु

ललितपुर महानगरपालिका–१३ कुसुन्तीहाइटस्थित रिङरोडमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक मोरङ घर भइ सितापाइला सिभिल होम बस्ने ३९ वर्षीया पावर्ता लुइँटेल रहेकी प्रहरीले जनाएको छ । आज मंगलबार बिहान पौने १० बजेति ना ६ ख ४९१७ नम्बरको ट्रकले बागमती प्रदेश–०२–०३२ प ४१७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर चालक लुइँटेल गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि पाटन अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी नरेश राज सुवेदीले जानकारी दिए ।