(नेपाल क्राईम)
पाल्पाको कालीगण्डकी नदीमा डुबेर एकजना भारतीय युवा बेपत्ता भएका छन्।
भारतको उत्तर प्रदेश गोरखपुर बस्ने २५ वर्षीय शिवम पाण्डे पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दिघाटबाट डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
उनका अनुसार भारतबाट घुम्न आएका पाण्डे तीनजना साथीसहित बुधबार दिउँसो राम्दिघाटस्थित कालीगण्डकी नदीमा नुहाउन पुगेका थिए। नुहाउने क्रममा अचानक नदीमा डुबेपछि बेपत्ता भएका थिए।