नेपालले आज बंगलादेशसँग भिड्दै

(नेपाल क्राईम)

आईसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु हुँदैछ । उद्घाटन खेलमा अहिले बिहान सवा ८ बजे अस्ट्रेलिया र स्कटल्यान्डले खेल्दैछन् ।

नेपालले दिउँसो सवा १२ बजे बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ । नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।