जिल्ला प्रहरी कार्यालय संखुवासभाले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।सामाजिक सञ्जालबाट फोटो, भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गरेकाले उनीहरूलाई विद्युतीय अपराधअन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।षडानन्द नगरपालिका–१ का २९ वर्षीय सुजन भुजेल र सोही ठाउँमा २१ वर्षीय बिपल राईविरुद्ध उजुरी परेकाले उनीहरूलाई सदरमुकाम खाँदबारीबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए ।