(नेपाल क्राईम)
नेपाल प्रहरीका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दज्र्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।
शुक्रबार प्रहरी मुख्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पदोन्नति भएका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू प्रभा पौडेल र भुलाराज खनाल तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. सुष्मा केसी, डा. पूजा खड्का, डा. दीपक भिन्दवार र डा. अनुज श्रेष्ठ रहेका छन् ।