हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

(नेपाल क्राईम)                                                           मोरङको सुन्दरहरैचामा गएराति जङ्गली हात्तीले एक जनाको ज्यान लिएको छ । हात्तीको आक्रमणबाट सुन्दरहरैचा  नगरपालिका-८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।