पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा आगजनी १ जना पक्राउ

पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोनाम थेबेलाई पक्राउ गरेको हो । उनी चार दिनदेखि प्रहरी हिरासतमा रहेको एसपी पवन भट्टराईले जानकारी दिए ।उनका अनुसार भदौ २४ गते आन्दोलन क्रममा थेबेले अन्य व्यक्तिहरूको घरमा पनि आगजनी गरेको सिसिटिभी तथा भिडिओहरूमा देखिएको छ ।