जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरेको अवैध सामग्री बरामद गरिएको छ। नेपालगञ्ज वार्ड नं ०४ न्यूरोडमा भारत बाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेका ३ लाख ९४ हजार बढीको कुर्ता सुरवाल बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बरामद सामग्रीहरूमा कुर्ता सुरवाल ४४० पिस भित्री वस्त्र ५६४ पिस रुमाल १६३२ पिस लगायतका अन्य थुप्रै अवैध सामग्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगरले अवैध तस्करी विरुद्ध खरो रूपमा उत्रन निर्देशन दिँदै आएका छन्। एसपीको कडा निर्देशनले तस्करी निस्तेज पार्ने उद्देश्यका साथ अहिले बाँके जिल्लामा प्रहरीले तस्करीहरूको मनोबल घटाउँदै धमाधम अवैध सामग्री बरामद गर्दै आएको एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए।