रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आज बिहान पूर्वपश्चिम लोकमार्गको चन्द्रपुर नगरपालिका ४ स्थित जंगलमा गुडिरहेको बसमा आगलागी भएको हो ।
काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसको ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जानकरी दिएको छ ।