जिल्ला प्रहरी कार्यालय सल्यानले नाै ग्राम ६५० मिलिग्रामी ब्राउनसुगरसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । छत्रेश्वरी गाउँपालिका- ६ का ३६ वर्षीय कृष्णबहादुर वली र शारदा नगरपालिका- २ का २८ वर्षीय संगीत परियारलाई ब्राउनसुगर र दुईवटा मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमबार छत्रेश्वरी गाउँपालिका- ६ लान्तीमा सवारीसाधन चेकजाँच गर्ने क्रममा वली र परियारको साथबाट लागुऔषधजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेम केसीले बताए ।