वडाध्यक्ष कर्मचारी कुटेको आरोपमा पक्राउ

(नेपाल क्राईम)                                                             बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पक्राउ परेका छन् ।  कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा अध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका हुन् । वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालले बताए । सोमबारको घटनापछि  उनी सोही दिन पक्राउ परेका हुन् ।