महेश बस्नेतविरुद्ध युवाहरू सडकमा उत्रिँदै तीव्र आन्दोलन

सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरू सडकमा उत्रिँदै तीव्र आन्दोलन गरेका छन् । बस्नेतको जेन–जी आन्दोलनमाथिको ‘भड्काउने शैली’को अभिव्यक्ति र युवामाथि त्रास सिर्जना गरेको आरोप लगाउँदै उनीहरूले व्यापक नाराबाजी गरेका हुन् ।मंगलबार पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघको जागरण अभियानसँगै सुर्खेत पुगेका बस्नेतलाई लक्षित गर्दै युवाहरूले वीरेन्द्रनगर–८ मा प्लेकार्डसहित प्रदर्शन गरे । ‘अरेस्ट महेश बस्नेत’, ‘छेडेर कलिला छाती, फेरि टेक्लास् हामी माथि !’, ‘गुण्डाको गुन्डा मुर्दावाद’ जस्ता नाराले वीरेन्द्रनगरको वातावरण तनावपूर्ण बनेको थियो ।जेनजी अभियानका अगुवा सुवर्ण थापाले बस्नेतले लगातार भड्काउने अभिव्यक्ति दिँदै आन्दोलनविरुद्ध मनोवैज्ञानिक दबाब सिर्जना गरेको आरोप लगाए ।(रास्स)