अर्घाखाँचीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु

(नेपाल क्राईम)

अर्घाखाँचीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ ।

शनिबार भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानमा डुबेर भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपालीको मृत्यु भएको हो ।