भरुवा बन्दुकसहित दुई जना पक्राउ

(नेपाल क्राईम)

स्याङ्जामा भरुवा बन्दुकसहित दुई जना पक्राउ।पुतलीबजार नगरपालिका-११ जाँडखोला उनियाचौरस्थित माझीडाँडा जंगलबाट एकनाले भरुवा बन्दुक १ थानसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका-१० धिमाटी बस्ने ४४ वर्षीय खर्कबहादुर गुरुङ र सोही नगरपालिका-११ फापरथुम बस्ने ४३ वर्षीय सोमबहादुर गुरुङ रहेका छन् ।