नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी एसीटी लाई ४१ रनले हराए

पहिलो टी–२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ ।

नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको एसीटी १७ ओभर २ बलमा १ सय ३६ रनमा अलआउट भयो । एसीटीका स्मिथले सबैभन्दा धेरै ५० रन बनाए । नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए । यस्तै करण केसीले २ र रूपेश सिंहले १ विकेट लिए ।

यसअघि अस्ट्रेलियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो । नेपालका आसिफ शेखले ६९, कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ रन बनाए । एसीटीका इभान्स, दुबे र रहमान र ब्रुनकरले २/२ विकेट लिए ।

५ खेलको अभ्यास खेलमा नेपालले आजै दोस्रो टी–२० खेल्दैछ । टप इन्ड टी–२० शृङ्खलापछि नेपालले थप ५ वटा अभ्यास खेल्न लागेको हो ।