(नेपाल क्राईम)
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर रणासहित ११ जनाविरूद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान गर्ने भएको छ।
अन्य ३० जनाविरूद्ध उपद्रव र संगठित कसुरमा अनुसन्धान गर्न प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमार्फत जिल्ला अदालत काठमाडौंमा १० दिन म्याद थप गर्न माग गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार ४१ जनाविरूद्ध म्याद थपेर अनुसन्धान गर्न लागिएको हो।
मुलुकी अपराध संहिता २०७४को दफा ५०मा राजद्रोहको कसुर छ।
यस अनुसार कसुर गर्ने व्यक्तिलाई २५ वर्षसम्म सजाय हुनसक्ने उल्लेख छ।