मेडिकल राहतसहित नेपाली सेनाको टोली भूकम्पले क्षतिग्रस्त म्यानमार प्रस्थान

(नेपाल क्राईम)

मेडिकल राहतसहित नेपाली सेनाको टोली  भूकम्पले क्षतिग्रस्त म्यानमार प्रस्थान गरेको छ । म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहतसहित नेपाली सेनाको टोली बुधबा त्यसतर्फ प्रस्थान गरेको हो ।प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कूल २२ सदस्यीय टोली नेपाली सेनाको सीएन-२३५ सीएएसए (CN-235 CASA) विमानद्वारा म्यानमारतर्फ प्रस्थान गरेको हो ।